Thursday, July 17, 2014

Filled Under:

रोडाढुंगा तथा बालुवा भारत निकासीमा रोक



साउन १ ( ई-खबर सम्बाददाता, काठमाडौं )- सरकारले रोडाढुंगा तथा बालुवा लगायतका निर्माणजन्य सामाग्री भारत निकासीका लागि रोक लगाएको छ । रोडाढुंगा तथा बालुवा लगायत निकासीजन्य निर्माण सामाग्री निकासी नगर्न भारत सँग नजिक रहेका ३६ जिल्लाका जिल्ला बिकास समितीहरुलाई निर्देशन दिइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । 
सरकारले निर्यातका लागि पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लालाई संरक्षण क्षेत्र घोषणा गरिसकलेकाले ढुंगा, गिट्टी आदि निर्माणजन्य बस्तुको निर्यातमा रोक लगाइएको पनि मन्त्रालयले जनाएको छ । 
मन्त्रालयको एक अध्ययन अनुसार गतवर्ष रोडाढुंगाबाट करिब एक अर्ब रुपैयाँ राजस्व उठेको थियो । छ । दुई महिनाअघि मन्त्रालयले गरेको अध्ययन अनुसार आर्थिक वर्ष २०६९/७० मा ३९ गाविसले ७३ करोड आम्दानी गरेका थिए भने ७०/७१ मा एक अर्बको हाराहारीमा पुग्ने अनुमान थियो । तर निकासीबाट उत्पन्न हुने प्रकोप नियन्त्रणमा आम्दामी भन्दा बढी खर्च हुने जनाइएको छ । 

0 comments:

Post a Comment