Friday, July 18, 2014

Filled Under:

बैंकका नाइकेहरुको कार्याकाल दुई पटक ।



साउन २ ( ई-खबर सम्बाददाता, काठमाडौं )- नेपाल राष्ट्र बैंकले मौद्रिक निती सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुलाई दुई कार्यकाल भन्दा बढी पदमा बस्न नपाउने व्यवस्था लागु गरेको छ  ।  मौदि्रक नीतिमा ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुलाई दुई कार्यकाल भन्दा बढी पदमा बस्न नपाइने व्यवस्था गरिनेछ' भनी उल्लेख भएको छ । 

लामो समय एउटै ब्यक्ती पदमा रहँदा पदको दुरुपयोग गर्न सक्ने भएकाले यस्तो ब्यबस्था लागु गर्न आँटेको हुनसक्ने बिज्ञहरुले जनाएका छन् । गएको केही बर्षमा समस्याग्रस्त देखिएका बित्तिय संस्थाहरुमा प्राय लामो समय एउटै ब्यक्ती कार्यकारी प्रमुख र संचालक समितीमा रहेको भेटिएको थियो । 

0 comments:

Post a Comment