Monday, July 21, 2014

Filled Under:

अवैध हातहतियार बुझाउन अनुरोध

साउन २ ( ई-खबर सम्बाददाता, काठमाडौं )-गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आफूसँग भएको अवैध हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
मन्त्रालयले प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भए जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन आग्रह गरेको हो । 
अवैध हातहतियार फेला परेमा त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी ब्यबस्था छ । 

0 comments:

Post a Comment