Tuesday, July 22, 2014

Filled Under:

एमाले अध्यक्ष ओली उपचारका लागि सिंगापुर जाँदै


साउन ६( ई-खबर सम्बाददाता, काठमाडौं )-
नेकपा एमालेका केपी ओली आज दिउँसो एक बजे थाइ एयरबाट आफ्नी श्रीमती र भातिजोको साथमा नियमित स्वास्थ्य परिक्षणका लागि सिंगापुर जाँदै छन् ।दाहिने हात सुन्निएपछि नियमित उपचारका लागि उनी सिंगापुर जान लागेका हुन् ।  
उनी थाइल्यान्ड हुँदै त्यस तर्फ जान लागेका हुन ।  उपचारका लागि सिंगापुर जाने भएपछि उनले पार्टीको कार्यबहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिएका छन् । हिजो साँझ भारतीय राजदूत रन्जित रे ले भेट गरेका ओलीलाई बालकोटमा बिहान सभामुख सुवास नेम्वाङले भेट गरेका छन् ।ओली आज साढे १ बजे सिंगापुर जान लागेका उनका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । आठ वर्षअघि मिगौला प्रत्यारोपण गरेका ओली पछिल्लो ६ महिनामा तेस्रोपटक उपचारका लागि विदेश जान लागेका हुन् । उनले यसअघि भारतको नयाँदिल्ली र बैंककको थाइल्यान्डमा उपचार गराएका थिए ।

पछिल्लो पट उपचारका लागि बैशाख १७ गते गएका ओली जेठ २० गते फर्केका थिए । 

0 comments:

Post a Comment